कार्तिकमा घरजग्गा कारोबारबाट २ अर्ब बढी राजस्व संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2023 | 10:55:56 AM मा प्रकाशित

laxmi  sunrise bank

कार्तिक महिनामा घरजग्गा कारोबारबाट २ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कार्तिक महिनामा घरजग्गा कारोबारबाट २ अर्ब १६ करोड ५८  लाख ६७ हजार ५६४ रुपैयाँ राजस्व संकलन भएको हो । 

यस्तै कार्तिकमा ७० हजार ११६ पटक कित्ताकाट भएको विभागले जनाएको छ । यो महिनामा ७७ हजार १८५ वटा घरजग्गाको कारोबार भएको विभागको तथ्यांकले देखाउँछ । 

असोजको महिनामा तुलनामा कार्तिकमा घरजग्गाको कारोबारसँगै राजस्वमा पनि कमि आएको छ । असोज महिनामा एक लाख ४० हजार ५९० वटा घरजग्गाको कारोबार भएको थियो । जुन कार्तिक महिनाको तुलनामा ६३ हजार ५०८ वटा कारोबार कम हो । असोज महिनामा घरजग्गा कारोबारबाट चार अर्ब ४३ करोड ५४  लाख ८८ हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको थियो। जुन कार्तिक महिनाको तुलनामा २ अर्ब २७ करोड १६ लाख २१ हजार रुपैयाँ बढी हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved