सुपारी, मरिच र केराउ आयात गर्न निवेदन आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2023 | 11:43:33 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग विभागले सुपारी, मरिच र केराउ आयात गर्न चाहने कम्पनी तथा फर्मलाई निवेदन पेश गर्न भनेको छ । विभागले औद्योगिक कच्चा पदार्थका रुपमा सुपारी, मरिच र केराउ आयात गर्नका लागि व्यवसायीसँग १२ प्रकारका कागजातसहित निवेदन दिन भनेको हो ।

विभागले कार्तिक १७ गते वेभसाइटमा सूचना प्रकाशित गर्दै उद्योग दर्ता प्रमाणपत्र तथा कम्पनी दर्ताको अद्यावधिक प्रमाणपत्रको प्रतिलिपि, भ्याट तथा प्यानमा दर्ताको प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आर्थिक वर्षको करचूक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित उद्योगको जडित क्षमता, सञ्चालन अवस्था, चालु आर्थिक वर्षको लक्ष्यको प्रमाणित स्वघोषणा माग गरेको छ । त्यस्तै, वार्षिक स्वीकृत स्किमको प्रतिलिपि, सम्बन्धित उद्योगले प्रमाणित गरेको उत्पादन र बिक्रि वितरण, प्रोफर्मा इन्भ्वाईसपत्र वा सम्झौता पत्रको प्रतिलिपि, निकासी पैठारी संकेत नम्बरको प्रतिलिपि, इजाजतपत्र लिन चाहने उद्योगको सञ्चालक वा निजले तोकेको आधिकारिक प्रतिनिधिको नेपाली नागरिकताको प्रतिलिपि र गत आर्थिक वर्षको अडिट रिपोर्ट पनि माग गरिएको छ । 

यस्तै, विगत आर्थिक वर्षहरुमा यस्ता वस्तु आयात गरेको भए त्यसको प्रमाणित हुने कागजात पनि पेश गर्न भनिएको छ । सुपारी खपतको हकमा दाखिला गरेको अन्तःशुल्क समेत उल्लेख गर्नुपर्ने व्यवस्था विभागले गरेको छ ।

विभागले सुपारी, मरिच र केराउ पैठारीलाई व्यवस्थित गर्न विधेयक २०७८ बमोजिम उत्पादनमूलक उद्योगबाहेक सेवामूलक उद्योग (प्याकेजिङ उद्योग)लाई सिफारिस नगरिने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved