विकास खर्च जम्मा १० प्रतिशत, लक्ष्यको २० प्रतिशत मात्रै राजश्व संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 12:13:00 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको साढे चार महिना बित्नै लाग्दा सरकारले जम्माजम्मी १०.२ प्रतिशत मात्रै पूँजीगत (विकास) खर्च गर्न सकेको छ । चालू आर्थिक वर्षका लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पूँजी गत खर्चका लागि विनियोजन सरकारले मंसिर ९ गतेसम्म ३० अर्ब २७ करोड ८४ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यस आर्थिक वर्षको साढे चार महिनामा सरकारी कुल खर्च २० दशमलव ७५ प्रतिशत भएको छ । यो अवधिसम्म कुल ३ खर्ब ६३ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै कर्मचारीको तलब, भत्ता, तथा प्रशासनिक खर्चका लागि विनियोजित चालु खर्च तर्फ पनि जम्मा २४ दशमलव ४ प्रतिशत रकम खर्च भएको देखिन्छ ।

यस अवधिमा सरकारको राजश्व संकलनको अवस्था पनि कमजोर देखिएको छ । यो अवधिमा सरकारले लक्ष्यको २० दशमलव ६६ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । कर आम्दानी तर्फ २० दशमलव ७७ प्रतिशत र गैह्र कर आम्दानीतर्फ १९ दशमलव ४९ प्रतिशत रकम संकलन गरेको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएकोमा यसअवधिसम्म २ खर्ब ९३ अर्ब ७७ करोड १५ लाख रुपैयाँ राजश्व संकलनसहित ३ खर्ब १२ अर्ब ८१ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ । यसरी हेर्दा सरकारको आम्दानी भन्दा खर्च ५० अर्ब ६१ करोड ४१ लाख रुपैयाँ बढी देखिन्छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved