नेपालका नाम चलेका उद्योगी व्यवसायी नै लाइटरको तस्करीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2023 | 12:04:07 PM मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सहित नेपालका नाम चलेका उद्योगी व्यवसायीहरु लाइटरको तस्करीमा संलग्न रहेको खुलासा भएको छ। उनीहरुले चीनबाट तातोपानी नाका हुँदै लाइटर आयात गरेर चोरबाट भारत पुर्याउने गरेको खुलेको हो 

भारत सरकारले गत जुन ३० देखि भारु २० रुपैयाँ भन्दा कम मूल्यको लाइटरको आयातमा प्रतिबन्ध लगाएको थियो । भारतले प्रतिबन्ध लगाएपछि नेपालको बाटो हुँदै तस्करी गरेर सस्तो मूल्यको लाइटर नेपालसँग सीमा जोडिएका बिहार लगायतका राज्यमा पुर्याइने गरेको खुलेको हो । 

सस्तो मूल्यको लाइटर अभाव भएकोले चोरबाटो बाट सडक मार्ग हुँदै नेपालबाट सस्तो मूल्यको लाइटर भारत पुर्याइने गरेको खुलेको हो स्रोतका अनुसार हालसम्म उद्योगी व्यवासायीले १४ करोड वटा लाइटर तस्करीको बाटो हुँदै भारत पुर्याईसकेका छन् । अन्य २ सय ट्रक लाइटर अझै पाईपलाइनमा रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार यसरी लाइटर भारत पुर्याउनेमा नेपालका नाम चलेका उद्योगी व्यवसायी संलग्न रहेका छन् 

भारतीय दुतावासले तस्करीको सूचना पाएपछि यसबारे अनुसन्धान गर्न  राजस्व अनुसन्धान विभागलाई आग्रह गरेपछि यस तस्करीको घटना बाहिर आएको हो । स्रोतका अनुसार राजश्व अनुसन्धान विभागले यसबारे अनुसन्धान सुरु गरिसकेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved