भारतले रोक्यो प्याजको निर्यात, नेपालमा मूल्य बढ्ने जोखिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 01:20:34 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारले प्याजको निर्यात रोकेको छ । भारतले आगामी मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो ।

‘द इकोनोमीक टाइम्स’का अनुसार भारतले आन्तरिक बजारमै मूल्य आकासिएपछि ३१ मार्च २०२४ सम्मका लागि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको हो । प्याजको उल्लेख्य खेती हुने भारतको महाराष्ट्र राज्यमा बेमौसमी वर्षाका कारण प्याज खेती प्रभावित भएपछि आन्तरिक बजारमै प्याजको अभाव हुन थालेको बताइएको छ । जसका कारण भारतीय बजारमा प्याजको भाउ बढेको छ । 

निर्यातको हिस्साले आन्तरिक बजारमा प्याजको उपलब्धता कम हुन गई भाउ बढ्न थालेपछि भारत सरकारले प्याजको निकासीमा रोक लगाएको ‘द इकोनोमीक टाइम्स’ले जनाएको छ । 

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको अभाव सिर्जना हुन गइ भाउ बढ्ने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved