अर्थमन्त्री महतको सन्देश: बिग्रिएको अर्थतन्त्रले लय समात्यो, नतिजा दिन केहि समय लाग्नेछ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 01:58:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालको अर्थतन्त्रले सहि बाटो समातेको निष्कर्ष निकालेका छन्। आज अर्थमन्त्रालयमा एक पत्रकार सम्मेलन डाकेर मन्त्री महतले आफु अर्थमन्त्री हुँदा बिग्रिएको अवस्थामा रहेको अर्थतन्त्र अहिले आएर सहि बाटो समातेको बताएका छन्। 

"मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकुल अवस्थामा थिएनन्" अर्थमन्त्री महतले भने, "अर्थमन्त्रालयले गरेको प्रयास र नेपाल राष्ट्र बैकले लिएको खुकुलो मौद्रिक नीतिले अहिले नेपालको अर्थतन्त्रले सहि बाटो समातेको छ।"

उनले आफुले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा घरजग्गा, शेयर कारोबार घटेको, बिदेशी विनिमयमा दबाब परेको, ब्याजदर बढेको, आयात प्रतिबन्धका कारण राजश्वमा असर परेको जस्ता अनुकुल अवस्था रहेको बताए। तर अर्थमन्त्रालयले गरेको प्रयास, नेपाल राष्ट्र बैंकले लिएको खुकुलो मौद्रिक नीति जस्ता कारणले अहिले नेपालक अर्थतन्त्रले लय समातेको उनको दाबि थियो। 

स्रोत उपलब्धताका आधारमा मात्र बहुबर्शीय ठेक्कामा सहमति दिने,  अनावश्यक परियोजनामा बिदेशीबाट ऋण नलिने, जलबायु परिवर्तनबाट नेपाल प्रभावित भएको बिषय उठाउने  र त्यसबाट नेपालले  सस्तो दरमा ऋण लिने, राजश्व चुहावट नियन्त्रण गर्ने, जस्ता प्रयास गरिएकाले अहिले अर्थतन्त्रले लय समातेको अर्थमन्त्री महतको दाबि छ ।


नेपालको अर्थतन्त्रले लय समात्नुमा राष्ट्र बैंकको पनि महत्त्वपूर्ण भूमिका रहेको अर्थमन्त्री महतको भनाई छ। "अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच को उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश खुकुलो बनाउदै लगिएको छ। यसले अर्थतन्त्रलाई विस्तारै चलायमान बनाउन थालेको छ। "

नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाबारे सुनाउदै अर्थमन्त्री महतले पुँजीगत खर्च ६ प्रतिशतले बढेको, भन्सार महसुल १३ प्रतिशतले बढेको, मुल्य अभिवृद्धि करतर्फ ७.१९ प्रतिशत रहेको, आयकरतर्फ १२ प्रतिशत र समग्र कर राजश्व ७। ५७ प्रतिशत वृद्धिदर कायम रहेको बताए। 

अहिले मौद्रिक नीति मार्फत नीतिगत दर ५.५ प्रतिशत, बैंक दर ७ प्रतिशत, निक्षेप संकलनको बोलकबोल दर ३ प्रतिशत, अन्तरबैंक ब्याजदर २. ५ प्रतिशत, चार महिनाको निक्षेप संकलन ४७ अर्बबाट बढेर २४४ अर्ब पुगेको, कर्जा प्रवाह ६९ अर्बबाट १३० अर्ब पुगेको, कर्जा तिर्नलाई २०८० चैतसम्म पूनर्संरचना सुवीधा दिईएको जस्ता कुराले अर्थतन्त्रले सहि बाटो समाएको बताए। 

"सबै सुधारको प्रयासले नतिजा दिन केहि समय लाग्नेछ" उनले भने, "थप आर्थिक सुधारका काम हुनेछन्।"

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved