मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्द आज उजुरी लिँदै निर्वाचन आयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2022 | 08:20:26 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज असोज २४ गते सोमबार म्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ। आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

यस अघि हिजो आइतबार मनोनयन दर्ताको कार्यक्रम रहेको थियो। प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनमा ६ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि राति ९ बजेसम्म ५ हजार ९ सय १७ जनाको उम्मेदवारी परेको विवरण अद्यावधिक भएको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै रहेको आयोगले जनाएको छ ।

उजुरी परेपछि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ गर्ने, मंगलबार साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने,  बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन समय दिने,  बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोहि दिन ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved