निर्वाचनका लागि १८ जिल्लामा मतपत्र ढुवानी सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2022 | 04:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । आयोगका अनुसार प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

यसैगरी ७ वटै प्रदेशकालागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आज (असोज २९ गते) सम्म १७ लाख मतपत्र छपाइ भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको आयोगले जनाएको छ। आयोगका अनुसार हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved