प्रचण्डले भने 'मधेसमा केपी ओली हाबी हुनु दुखद्', माधव भन्छन्- 'ओली देश कै लागि खतरनाक'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2022 | 05:39:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा केपी ओली हाबी हुनु दुखद् भएको बताए । गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओली मधेस आन्दोलनको विरोधी भएको बताए ।

'मधेसविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन् ? यो विषयमा गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्छ,' उनले भने ।

उनले स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ संकेत गर्दै प्रचण्डले मधेसविरुद्ध विष वमन गर्नेहरू चुनावमा विजयी हुनु विडम्बना भएको बताए । मधेसको अधिकारका लागि लड्नेहरू आइसोलेसनमा पर्ने र विष वमन गर्नेहरू विजयी हुने अवस्था चिन्ताजनक रहेको उनको तर्क थियो । 

अध्यक्ष प्रचण्डले मधेसमा भ्रम दिने, झुटा आश्वासन दिने, बेइमानी र जालझेल गर्नेहरू फेरि बलियो हुन थालेको भन्दै सचेत रहन आग्रह गरे ।मधेसको अधिकारका लागि आफूहरूले संविधान संशोधन विधेयक ल्याउँदा केपी ओलीले पारित हुन नदिएको र नागरिकता विधेयकमा समेत ओली बाधक बनेको प्रचण्डको आरोप छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मधेस विरोधी शक्ति भएको बताए ।  अध्यक्ष नेपालले एमाले मधेस विरोधी शक्ति भएको दाबी गरेका हुन् ।

'केपी ओली मुलुकको लागि झनै खतरनाक व्यक्ति हुन् । उनलाई परास्त नगरेसम्म गठबन्धन कमजोर हुँदैन । गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा रहेको छ । त्यसैले एकताबद्ध भएर गठबन्धनको पक्षमा मतदान गर्नुहोला,' उनले भने ।

ओलीका भ्रमक कुरामा नपर्न र नअलमलिन कार्यकर्ताहरूलाई उनको आग्रह छ । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेको उनको आरोप छ । यसले ओली मधेस विरोधी भएको प्रष्ट हुने उनले बताए । नेपालले गठबन्धनभित्रका समस्या समाधान गर्दै चुनाव जित्नतिर लाग्नुपर्ने धारणा राखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved