समानुपातिक सूचीका ५५० जनाको उम्मेदवारी रद्ध, जरिवाना नबुझाउने ३६९ जनाको नाम पनि सूचीबाट हट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2022 | 05:47:37 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले सामानुपातिकको बन्द सूचीमा रहेका ५५० जनाको उम्मेदवारी रद्द गरेको छ । समानुपातिकको बन्दसूचीमा पेश भएका ६ हजार ४५७ जना उम्मेदवारमध्ये आयोगले ५५० जनाको उम्मेदवारी रद्द गरिदिएको हो । 

निर्वाचन कानुन र निर्वाचन आचारसंहिता उल्लङ्घनमा जरिवाना नबुझाएका सहित ५५० जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको हो । 

जरिवाना नबुझाएका ३६९ जना, दाबी विरोधको जाँचबुझबाट १७९ र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट जाँचबुझ गर्दा लाभको पदमा रहेका र कालोसूचीमा रहेका २ गरी ५५० जनाको उम्मेदवारी आयोगले रद्द गरेको हो। 

गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाएका उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। यस्तो जरिवाना नतिरेका तर हाल प्रतिनिधिसभा वा प्रदेशसभाको समानुापातिक तर्फको बन्दसूचीमा समावेश भएकाहरुको नाम हटाइएको हो। 

असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका ५२ जना, (प्रतिनिधिसभाका २३ र प्रदेशसभाका २९ जना), दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला–पुरुषको विवरण फरक परेका ३७ जना, सम्बन्धित गाउँ नगरमा उम्मेदवार नभएका ६ जना, सम्बन्धित प्रदेशभित्र नामावली नभएका १२ जना र आवश्यक कागजात नपुगेका ६ जनाको नाम अयोगले सूचीबाट हटाएको छ हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved