हरेक वर्ष अढाई लाख रोजगारी दिने प्रतिबद्धता : यस्तो छ कांग्रेसको घोषणापत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2022 | 12:45:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाली काँग्रेसले आगामी ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरेको हो । 

सूचनाप्रविधि, उद्योग, पर्यटन, भौतिक निर्माण र यातायात क्षेत्रबाट हरेक वर्ष २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना दाबी काँग्रेसले गरेको हो । 

लाखौँलाई रोजगारी दिन आर्थिक क्षेत्रको हाल कायम नीतिगत, कानुनी र प्रक्रियागत कमजोरीमा व्यापक सुधार गर्ने र न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

काँग्रेसले रोजगारीका लागि ‘तरुण सीप वृत्ति’ कार्यक्रम ल्याउने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved