काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2022 | 03:59:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसले आज सार्वजनिक गरेको चुनावी घोषणापत्रमा आर्थिक विषयहरु पनि समावेश भएका छन् । घोषणापत्र लेखनमा अर्थशास्त्री स्वर्णिम वाग्लेले नेतृत्वदायी भूमीका निर्वाह गरेकाले यसपालीको काँग्रेसको घोषणापत्रमा विगतको तुलनामा आर्थिक र अर्थतन्त्रका विषयहरु मसिनो गरी समावेश गरिएको छ । 

आायत, वाह्य क्षेत्रको असन्तुलन, कर्जा, तरलता र मुद्रास्फिर्ति गरी ५ विषयलाई तत्कालिक आर्थिक एजेण्डाका रुपमा काँग्रेसले घोषणापत्रमा समावेश गरेको छ । सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार, स्वदेशी उत्पादनको प्रवद्र्धन र डिजिटलाइजेशनको विषय आर्थिक एजेण्डाका रुपमा अघि सारिएको अर्थशास्त्री वाग्लेको भनाई छ । 

वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षभित्र १२ लाख ५० हजार जनालाई रोजगारी दिने महत्वकांक्षी लक्ष्य काँग्रेसको घोषणापत्रमा समावेश छ । वाग्लेले आर्थिक वृद्धिका नयाँ स्रोतहरु पहिल्याउने विषय संकल्पपत्रमा प्राथमिकताका साथ समावेश गरिएको दाबी गरेका छन् । 

सँगै, दिगो विकासका लक्ष्यसँग मिल्ने गरी अर्थतन्त्रका विषयहरु राखिएको र घोषणापत्र यथार्थपरक रहेको दाबी उनको छ ।

इन्धन प्रतिस्थापन गर्न विद्युतीय ऊर्जाको खपत बढाउने, नेपाल घुम्न आउने विदेशी पर्यटकले हरेक दिन १ सय अमेरिकी डलर खर्च गर्न वातावरण बनाउने, नेपाल आउने पर्यटक कम्तीमा १५ दिन अनिवार्य बस्ने वातावरण मिलाउने, वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने र यसका लागि विमानस्थलदेखि पर्यटकीय पूर्वाधारको विकास गर्ने विषय काँग्रेसको घोषणपत्रमा लेखिएको छ । 

२० लाख पर्यटक आउँदा काँग्रेसले भने जस्तो एक जना पर्यटक १५ दिन नेपाल बस्दा २० लाखलाई १५ दिनले गुणान गर्दा ३ करोड जना पर्यटक एकैदिन आएर बसे बराबर हुन्छ । अब काँग्रेसले घोषणपत्रमा विदेशी पर्यटकबाट हरेक दिन कम्तीमा १ सय अमेरिकी डलर खर्च गराउने वातावरण बनाउने भने अनुसार ३ करोडलाई पुनः १ सय अमेरिकी डलरले गुणान गर्दा ३ अर्ब डलर हुन्छ । यो भनेको ३ खर्ब ९० अर्ब नेपाली रुपैयाँ हो ।

पर्यटन क्षेत्रका जानकारहरु भने पर्यटकबाट वार्षिक ३ खर्ब ९० अर्ब रुपैयाँ आम्दानी हुन असम्भव भने नरहेको बताउँछन् । कोभिड अगाडीको तुलनामा अहिले पर्यटन क्षेत्र चलायमान हुँदा पनि यत्तिको आम्दानी गर्न सम्भव रहेको जानकारहरुको भनाई छ ।

त्यस्तै, काँग्रेसले संकल्पपत्रमा आगामी ५ वर्षमा विद्युतीय सवारी साधनको प्रयोग ५० प्रतिशत पुर्‍याउने महत्वकांक्षी योजना पनि समेटेको छ । सन् २०४५ सम्ममा शहरी यातायातमा डिजेल र पेट्रोलको प्रयोग शून्यमा झार्ने लक्ष्य काँग्रेसले लिएको छ ।

यस्तै, ५० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई बिजुली निःशुल्क दिने अर्को महत्वकांक्षी योजना पनि काँग्रेसले लेखेको छ ।

काँग्रेसको घोषणपत्रमा वार्षिक न्यूनतम ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पनि उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved