एमालेको घोषणापत्र: 'पुँजीबजार अस्तव्यस्त छ, व्यवस्थापनको लागि छुट्टै संयन्त्र बनाउछौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2022 | 02:52:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले पुँजीबजार तथा वित्त बजारको व्यवस्थापनको लागि पार्टी भित्र छुट्टै संयन्त्र बनाउने भएको छ ।  एमालेले आज डिजिटल माध्यमबाट घोषणापत्र जारी गर्दै पुँजीबजार तथा वित्त बजारको व्यवस्थापनको लागि छुट्टै संयन्त्र बनाउने घोषणा गरेको हो ।

एमालेले घोषणापत्रमा जलविद्युत आयोजना सम्पन्न गर्न सार्वजनिक, निजी र वैदेशिक लगानी जुटाइने उल्लेख गरेको छ । देशको जलस्रोतको लाभ सबै नागरिकमा पुऱ्याउन आकर्षक जलविद्युत् परियोजनामा जनता, सहकारी संस्था र सरकारको संयुक्त लगानी प्रवर्द्धन गरिने घोषणापत्र मा उल्लेख छ। बचत गर्न नसक्ने व्यक्तिहरूलाई पनि यस्ता परियोजनामा सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गरिने एमाल ले जनाएको छ ।

एमालेको घोषणापत्रमा देउबा नेतृत्वको वर्तमान गठवन्धन सरकारले आर्थिक क्षेत्रमा अबलम्बन गरेको बेथिति र अराजकताका कारण अधिकांश आर्थिक परिसूचकहरू निराशाजनक तहमा पुगेका उल्लेख गरिएको छ। घोषणापत्रमा भनिएको छ ' वित्तीय प्रणालीमा ब्याजदर बढेर अघिल्लो वर्षका तुलनामा दोब्बर हुने सङ्केत देखिदैछ । लगानीकर्ताको मनोबल खस्केर सेयर मूल्य निरन्तर घट्दो छ । सम्पूर्ण पुँजी बजार अस्तव्यस्त छ।'

त्यस्तै वित्तीय क्षेत्रमा सङ्कटका सङ्केत देखिन थालेको उल्लेख गरिएको छ। घोषणा पत्रमा भनिएको छ 'बैंकबाट कर्जाका रूपमा बाहिर गएको रकम निक्षेपका रूपमा बैंकमा अहिले फर्कंदैन । घर जग्गा र सेयर बजारको उच्च मूल्यसँगै बैंकिङ प्रणालीबाट बाहिर गएको रकम बैंकमा फर्कन सकेको छैन। अवैध सम्पत्तिलाई वैध बनाउने सरकारकै कतिपय नीति तथा निर्णयका कारण देश सम्पत्ति शुद्धीकरणको चपेटोमा पर्ने डर छ।'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved