डा. तोसिमा कार्कीले चुनाव लड्न पाउने, उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2022 | 05:41:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले  ललितपुर जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ की उम्मेदवार  डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न निर्वचन आयोगको नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायधिश डा. कुमार चुडालको एकल इजलाशले उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगर्न र उनको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।

अदालतले प्रतिनिधि सभा सदस्यको निर्वाचनको उम्मेदवारीको सन्दर्भबाट निवेदकलाई हुन सक्ने अपूरणीय क्षति (ireparable damage) को स्थिति तथा सुविधाको सन्तुलन (balance of convenience) समेतको रोहबाट प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदक डा. तोसिमा कार्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ ललितपुरको उम्मेदवारी अयोग्य हुने गरी निर्वाचन आयोग नेपालले मिति २०७९।०७।१२ मा गरेको निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, निवेदकको उम्मेदवारी खारेज नगर्नु, नगराउनु, निजको उम्मेदवारी समेतलाई यथावत कायम राखी निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनी अन्तरिम आदेश जारी गरेको हो । यस सँगै डा. तोसिमा कार्कीले चुनाव लड्न पौअने भएकी छिन्  ।

अदालतले उनको उम्मेदवारी खारेज गरेको विषयमा आयोगको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ।  

निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि डा. तोसिमा कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।  उनले निर्वाचन आयोग नेपाल कान्तिपथ काठमाडौ , मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुर जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३  र  नेपाल मेडिकल काउन्सिल बाँसबारी काठमाडौलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्। 

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. कार्कीको उम्मेदवारीलाई निर्वाचन आयोगले अयोग्य कायम गर्ने निर्णय गरेको थियो। सो निर्णय विरुद्द डा. कार्कीले रिट हालेकी हुन् ।  

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई पदमा बहाल छिन् । नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९।१।९ देखि मिति २०७९।५।२ सम्म भत्ता बुझेको पाइएको उनको पद लाभको पद भएको आयोगले ठहर गरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved