यसअघिका सांसदले विकास नगरेपछि मैले उम्मेदवारी दिनुपर्यो – विश्व पौडेल [भिडियो]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2022 | 01:00:32 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर १ का उम्मेदवार विश्व पौडेलले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई लक्षित गर्दै यसअघि सांसद जितेको व्यक्तिले पूर्वी चितवनमा केही काम नगरेको आरोप लगाएका छन् ।

ग्राउण्ड जिरो रिपोर्टिङका लागि चितवन पुगेको बिजपाटीको टीमसँग कुरा गर्दै राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्षसमेत रहेका पौडेलले पाण्डेले विगत ५ वर्ष आफ्नै पार्टीको झगडामा बिताउनु परेकाले ध्यान दिएर काम गर्न नसकेको दाबी गरेका हुन् ।

'माथि योजना आयोगमा बसेर हेर्दा पनि थाहा भयो, यो क्षेत्र अलि पछि परेको छ । जसले यसअघि जित्नुभएको थियो, उहाँले त्यति ध्यान दिएर काम गरिरहनु भएको थिएन,' उनले भने ।

उनले थपे, 'आफ्नै पद र आफ्नै पार्टीको झगडामा ५ वर्ष बिताइदिनु भयो । यसरी पूर्वी चितवन अघि बढ्दैन । यो म जन्मेको हुर्केको ठाउँ हो । यसरी यो ठाउँ अघि बढ्दैन भन्ने विश्वास भएपछि विकल्पका रूपमा मैले आफूलाई प्रस्तुत गरेको हो ।'

उनले आफूले जितेपछि त्यो ठाउँलाई तुरुन्त फरक पार्ने भन्दा पनि त्यसपछि आफूले पाउने भूमिकाले फरक पार्ने बताए ।

उनले कोभिडको बेलामा बेलामा बाहिर धेरै पैसा प्रवाह भएकै कारण अहिले अर्थतन्त्र अलि खुम्चिएको जस्तो देखिएको बताए ।

'कोभिडको बेलामा यति धेरै पैसा बाहिर प्रवाह गर्यौं, ऋण लिन सजिलो बनाउन, ब्याजदर पनि कम थियो । अनि डिमाण्ड बढ्यो, त्यो बेलामा कन्ट्रोल गर्न अलि नसकेको हो । त्यो बेलामा प्रवाह भएको लोनको रिपेमेन्टको समस्या अहिले आएको हो,' उनले बताए ।

उनले आफ्ना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई विश्राम लिन पनि सुझाए ।

हेर्नुहोस् भिडियो -  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved