प्रधानमन्त्री देउवा डडेल्धुरा जाने भएपछि खाल्डाखुल्डी टालटुल पारिदैँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2022 | 02:49:02 PM मा प्रकाशित

laxmi  sunrise bank
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला जाने भएपछि बसपार्क क्षेत्रका खाल्डाखुल्डी टालटुल गर्न थालिएको छ। जिल्लाको अमरगढी नगरपालिकाले बसपार्क क्षेत्रमा रहेका खाल्डाखुल्डी टालटुल गरिरहेको हो।

बसपार्कमा वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले आयोजना गर्ने सभालाई बिहीबार देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। गृहजिल्ला डडेल्धुराका ७ चुनावी आमसभालाई देउवाले सम्बोधन गर्ने भएका छन्। उनी कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका हुन्।

प्रधानमन्त्रीले आफ्नो गृहजिल्लामा बसपार्क नबनाउनु तर डडेल्धुरा आउँदा बसपार्कमा टालाटुली हालेर जनतामा भ्रम फैलाउने काम भएको स्थानीयहरुले बताएका छन्। तर, अमरगढी नगरपालिकाले भने प्रधानमन्त्री आउने भएर मात्रै मर्मत सम्भार नगरेको जनाएको छ। बसपार्क र सवारी चालकलाई मध्यनजर गर्दै काम भइरहेको नगरपालिकाले जनाएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved