हेटौंडामा पञ्चायतकालदेखि हालसम्मको एउटै नारा : एअरपोर्ट बनाउने भन्दै भोट माग्दै

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Nov 03, 2022 | 01:15:07 PM मा प्रकाशित

laxmi  sunrise bank

भानुभक्त आचार्य

चुनावी अभियानका क्रममा बुधबार हेटौंडा–३ बसामाडीमा नेपाली कांग्रेसका वागमती प्रदेश सभापति एबम् मकवानपुरको प्रदेशसभा सदस्यका उमेदवार ईद्रबहादुर बानियाँले बसामाडीमा बिमानस्थल बनाउने बताए । सम्भाव्यता अध्ययन गरेर मिल्यो भने बसामाडीमा एअरपोर्ट बनाउने प्रतिबद्धता बानियाँको थियो । प्रदेश राजधानीमा एउटा एअरपोर्ट आवश्यक रहेको उल्लेख गर्दै बानियाँले त्यो बसामाडीमै बन्नसक्ने बताए । 

प्रदेशको राजधानीमा आन्तरिक बिमानस्थलको सुबिधा पनि हुनुपर्ने नेता बानियाँले बताएका छन् । हेटौंडामा एयरपोर्ट आवश्यक रहेको भन्दै हेटौंडा–३ बसामाडीको राप्ती नदीउकास जमिनमा तटबन्ध गरेर आन्तरिक बिमानस्थल निर्माण गर्ने बिषयमा प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पनि अध्ययन गरिरहेको बताएका थिए । 

बसामाडीका बासिन्दाले तत्कालीन मुख्यमन्त्री पौडेलसमक्ष राप्तीको नदीउकास जमिनमा बिमानस्थल निर्माण गर्न माग गरेका थिए । बागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्न लागेको यस अघि नै बताएको थियो । तर, नागरिक उड्डेयन प्राधिकरणका प्राबिधिकहरुले दुई बर्ष अघि बसामाडीको नदीउकास जमिन बिमानस्थल निर्माण गर्न अनुपयुक्त भएको भन्दै फर्केका थिए ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँसहित प्राधिकरणको टोलीले हेटौंडा–१४ पदमपोखरीमा आन्तरिक बिमानस्थल निर्माण गर्न स्थलगत अवलोकन गरी स्थानीयसँग छलफल गरेको थियो । हेटौंडा–१४ पदमपोखरीमा एयरपोर्ट निर्माणको लागि एक अर्ब रुपैयाँ लाग्ने प्राबिधिक टोलीको प्रारम्भिक प्रतिबेदन सार्बजनिक भएको थियो । 

छलफलमा मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नागरिक उड्डेयन प्राधिकरणका नायवमहाप्रवन्धक राजकुमार क्षेत्री, प्रमुख ईन्जिनियर धु्रव बछियाले एयरपोर्टको सम्भाव्यताबारे स्थानीयलाई जानकारी गराएका थिए । प्राबिधिक टोलीले पदमपोखरीमा रहेको सामुदायिक बन, कबुलियती बन र सरकारी जमिनमा १ दसमलव ५ किमि रनवे सहितको बिमानस्थल निर्माण गर्न सकिने र यसका लागि एक अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक प्रतिबेदन सार्बजनिक गरेको थियो । 

सिमरा र भरतपुरमा जाडो मौसममा हुस्सुका कारण उडान रद्ध भइरहने गरेकोले बैकल्पिक बिमानस्थलको आवश्यकता रहेको भन्ने माग हेटौंडाबासीको हो । विपदको समयमा आकस्मिक उद्धारका लागि पनि हेटौंडामा एयरपोर्टको जरुरी रहेको छ । मुलुककै ठूलो र पुरानो औद्योगिक क्षेत्र रहेको हेटौंडामा थप अर्को औद्योगिक क्षेत्र पनि निर्माण गर्ने सरकारी तयारीले पनि हेटौंडामा बिमानस्थलको आवश्यकता रहेको छ । 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि हेटौंडामा आन्तरिक बिमानस्थल निर्माण गर्ने बिषयमा पटकपटक भाषण गरेका थिए । नेकपमा एमालेका नेताहरुले पनि बिमानस्थलको आश्वासनमा धेरै पटक भोट मागेका थिए । तर, हेटौंडामा बिमानस्थल बन्न सकेन । पञ्चायतकालमा कमल थापा संचार राज्यमन्त्री भएको समयमा पनि हेटौंडाको पदमपोखरीमा प्राबिधिक अध्ययन गराइएको थियो । पञ्चायतकालीन नारा अहिलेसम्मको चुनावमा प्रयोग भइरहेको छ ।

हेटौंडा–काठमाडौं सुरुङमार्ग, हेटौंडामा बिमानस्थलको नारा पञ्चातकालदेखि हालसम्म सबै दलका साझा एजेण्डा बन्न पुगेको छ । नेताहरुले चुनावको समयमा दिने आश्वासन केवल भोट फकाउन मात्रै हो भन्ने कुरा सबैले बुझिसकेका छन् । तर, दलका नेताहरुले यो नारा रट लगाउन र आश्वासन बाँड्न भने छोडेका छैनन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved