आवश्यक परे गठबन्धन गर्छौ: रवि लामिछाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 08:12:03 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् । 


शुक्रबार  चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए । उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन् ।


केहि समय अघि मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा हालसम्म ७ सिट जितेको छ भने एक स्थानमा अग्रता कायम राखेको छ । समानुपातिकतर्फ पनि पार्टीले हालसम्मको गणना अनुसार ६ लाख ५९ हजार मत पाईसकेको छ । यस हिसाबमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा तेस्रो अथवा चौथो शक्ति बन्ने देखिन्छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved