मुक्तिनाथ विकास बैंकले माग्यो १३५ जना कर्मचारी, प्लस टु पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 02:11:43 PM मा प्रकाशित

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले काठमाडौं उपत्यका तथा बाहिरका शाखाहरुलाई ठुलो संख्यामा कर्मचारीको माग गरेको छ। बैंकले प्रवेश तहदेखि  म्यानेजमेन्ट ट्रेनी पदका लागि एकैपटक १३५ जना कर्मचारीको माग गरेको हो।  

बैंकले ट्रेनी एसिस्टेन्ट पदमा मात्रै ८० जना मागेको छ भने म्यानेजमेन्ट ट्रेनीका लागि २५, असिस्टेन्ट टु सुपरभाइजर (स्मल एन्ड माइक्रो बैंकिङ) का लागि ३० जना माग गरेको छ।

म्यानेजमेन्ट ट्रेनीका लागि कम्तीमा व्यवस्थापन संकाय वा अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरी ३० वर्ष ननाघेको र असिस्टेन्ट टु सुपरभाइजर पदका लागि व्यवस्थापन संकाय वा अर्थशास्त्रमा कम्तीमा प्लस टु गरी वा प्रमाणपत्र तह उत्तीर्ण गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै ट्रेनी असिस्टेन्टका लागि कम्तीमा पनि व्यवस्थापन संकायमा प्लस टु गरी २५ वर्ष ननाघेको हुनुपर्ने छ ।    

आबेदन दिनेको हकमा आवश्यक तहको पढाइ सकेका र स्थानीयलाई प्राथमिकता दिईने बैंकले जनाएको छ। इच्छुक उम्मेदवारले यहि ८ अर्थात जनवरी २२ सम्ममा आबेदन दिइसकेको हुनुपर्नेछ।  


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved