के तपाई बेरोजगार हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सरकारले तपाईलाई रोजगारी दिने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्याक्रमले बेरोजगारहरुलाई रोजगारीको लागि आवेदन दिन आह्वान गरेको हो । कार्यक्रमले साउन ८ गतेदेखि निवेदन दिन आग्रह गरेको हो । कार्यक्रमले आफ्नो सम्बन्धित वडामा गई बेरोजगार फारम भर्न आग्रह गरेको हो । आवेदन दिनको लागि भदौ ७ गतेसम्मको समय तोकिएको छ । फारम वडा कार्यालय मै हुने छ भने फारम भर्दा नागरिकता नम्बर, शैक्षिक योग्यता, बैंक खाता विवरण, मोवाईल नम्बर तथा ईमेल आइडि उल्लेख गर्नु पर्ने छ ।
सरकारले यो कार्यक्रम अन्तर्गत बेरोजगारहरुलाई न्युनतम १०० दिनको लागि रोजगारी उपलब्ध गराउदै आएको छ ।