जिफन्ट माथि सत्ताको गुलामी गरेको आरोप, सासु बिरुद्दको आन्दोलनलाई कमजोर नबनाउन सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2021 | 10:01:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वित्तीय सँस्था कर्मचारी संघ 'फियुन' ले बैंक, बीमा तथा वित्तीय सँस्थाका कर्मचारीलाई उनीहरुको सेवा सुविधा घट्ने गरि बलजफ्ती रुपमा  योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन खोज्नु खेदपूर्ण र आपत्तिजनक भएको जनाएको छ। 

सामाजिक सुरक्षा कोष संचालन कार्यविधि तथा कार्यान्वयन गर्ने व्यवस्थापन श्रममैत्री नभएसम्म यसबाट पाउने सेवा सुविधा दिवा स्वप्न भएको आरोप लगाउदै फियुन ले सासु लाई समयानुकूल र व्यवहारिक हुनुपर्ने अहिलेको वास्तविकता भएको जनाएको छ। 

नेपाल ट्रेड युनियन कांग्रेस तथा अन्तरार्ष्ट्रिय युनियन नेटवर्कमा आबद्द फियुन ले नेकपा एमाले निकट ट्रेड युनियन जिफन्ट लाई सत्ता र शक्तीको दुरुपयोग गरेको आरोप लगाएको छ। श्रमिकले गरेको योगदान रकम र सोको प्रतिफल सहित सम्पूर्ण रकम सेवाबाट बाहिरिंदा वा छोड्दा वा अवकाश हुँदा पाउने सुनिश्चितता गर्नु तथा सामाजिक सुरक्षा कोषलाई अझ बढी आकर्षक र बढी प्रतिफल दिने बनाउनलाई भईरहेको प्रयासलाई  जिफन्ट लगायतका सँस्थाले कम्जोर बनाउन खोजेको फियुनले आरोप लगाएको छ। 

नेपाल ट्रेड युनियन महासंघ (​जिफन्ट) नेकपा एमाले आबद्द सँस्था हो। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार जिफन्ट का पुर्व अध्यक्ष समेत हुन्। 

समस्याको समाधान खोज्नुको साट्टो सामाजिक सुरक्षा कोषको व्यवस्थापन श्रमिकहरु तथा श्रमिकका संगठनहरुले औल्याएका विषयहरुमा कागजी जवाफ–सवाल र बहसमा समय खर्चिनु दुर्भाग्यपूर्ण भएको फियुन ले जनाएको छ। 

बिज्ञप्तीमा भनिएको छ, 'बैंक वित्तीय तथा सहकारी कर्मचारी क्षेत्रमा क्रियाशिल युनियनको हवाला दिदै बैंक तथा वीमा र वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुले सामूहिक सौदावाजीको माध्यमबाट धेरै वर्षदेखि प्राप्त गरेको सेवा सुविधाको सन्दर्भमा जानकार नभएका कागजी युनियनको रुपमा स्थापित संस्थाले सामाजिक सुरक्षा कोषलाई सम्बोधन गरी विषयबस्तु नै नबुझी सतही विश्लेषणका आधारमा बैंक, बीमा तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रभावकारी रुपमा सफल पार्न नीतिगत र प्रकृयागत सुधार गरी समस्त श्रमिकहरुको योगदान रकम र सोको आकर्षक प्रतिफल सहितको लाभको सुनिश्चिताको लागि सञ्चालित अभियानलाई संकिर्ण तथा चरम राजनीतिक विचारबाट प्रभावित भई श्रमिकको सामाजिक सुरक्षा जस्तो गम्भीर विषयमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाउनु अत्यन्य निकृष्ठ कार्य हो।'

समस्याको गहिराईमा पुगेर जिम्मेवार निकायद्वारा समयमै समस्याको समाधान नगरेमा बैंक, बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरु देशव्यापी आन्दोलन गर्न बाध्य हुने फियुनले जनाएको छ। 

यसबाट पर्नसक्ने गम्भीर असरको जिम्मेवार सम्बन्धित पक्ष नै हुने भन्दै नेपाल सरकारको सालतमाम तथा बैंक तथा वित्तीय संस्थाहरुकोबार्षिक हिसाव मिलानको समय भएकोले हाल सांकेतिक विरोध स्वरुप मिति २०७८ असार २७ देखि ३० गतेसम्म विहान १०ः०० बजेदेखि १०ः१५ बजेसम्म यस संघको व्यानरमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने सवालहरु राखी सम्पूर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी आ–आफ्नो बैंकको प्राङ्गण अगाडि बिरोध कार्यक्रम गर्ने भन्ने निर्णय भएको समेत फियुनले जनाएको छ।  फियुन ले आफुहरुले द्वन्द नभई समाधान चाहेको जनाएको छ। 

फियुन  नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपालको सरकारी तथा निजी क्षेत्रमा स्थापित भएका ४८ वटा बैंक, बीमा तथा वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनहरुको नेतृत्व गर्दै आएको २०४७ मा स्थापना भएको सँस्था हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved