श्रममन्त्री श्रेष्ठले गरे क्यान्सर पीडितलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2021 | 07:20:22 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन्  । उनले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई २० हजार सहयोग गरेका हुन्। 

आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गर्दै आफूले व्यक्तिगतरुपमा यो सहयोग गरेको र सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। 

जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएदेखि नै उनले स्थानीय सङ्घसंस्था र समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएका छन्।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved