केवाईसी अपडेट गर्न सामाजिक सुरक्षा कोषको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2021 | 09:36:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई केवाईसी अपडेट गर्न आग्रह गरेको छ । सामाजिक सुरक्षा कोषमा सूचीकरण पश्चात् अनिवार्य रूपमा योगदानकर्ताहरूको केवाईसीका लागि जन्ममिति, राष्ट्रियता, इमेल, ब्लड ग्रुप, रोजगारीको विवरण, ठेगाना, सम्पर्क नम्बर, इच्छाइएको व्यक्तिको विवरण र कागजपत्रका साथै फोटो, नागरिकता, प्यानकार्ड सहितको विवरण अपडेट गराउन कोषले आग्रह गरेको हो । 

कोषले कागजपत्र स्क्यान गरी पीडिएफ फर्म्याटमा अपलोड गरी आवश्यक विवरण सहित रोजगारदाताले Employer Portal/ योगदानकर्ता स्वयंले Contributor Portal Login गरी केवाईसि अध्यावधिक गर्न कोषले अनुरोध गरेको हो । साथै कोषले प्रदान गर्ने सुविधा दाबी तथा भुक्तानीका लागि पूर्ण केवाईसी अनिवार्य अपडेट रहेको हुनु पर्ने प्रष्ट पारेको छ । 

साथै  कोषमा आबद्ध योगदानकर्ताहरूको योगदान रकम कानून बमोजिम नियमित (प्रत्येक महिना समाप्त भएको १५ दिन भित्र) रूपमा अनिवार्य जम्मा गर्न पनि कोषले आग्रह गरेको छ। योगदान नियमित नभई कोषबाट पाउने सुविधाबाट कुनै पनि श्रमिक वञ्चित हुन पुगेमा सम्पूर्ण दायित्व रोजगारदाताको हुने स्पष्ट कानूनी व्यवस्था रहेको पनि कोषले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved