वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति विघटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 01:14:12 PM मा प्रकाशित

laxmi  sunrise bank

म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति विघटन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकिएको मितिमा साधारणसभा गर्न नसकेको भन्दै कार्यसमिति विघटन गरिदिएको हो । 

यसअघि गत असार ४ गते प्रशासनले संस्थाको विधानमा भएको व्यवस्था अनुसार अध्यक्ष मनोनयन नहुँदासम्मका लागि दैनिक अत्यावश्यक बाहेक संस्थालाई आर्थिक दायित्व सिर्जना हुने नियुक्ति सम्बन्धी काम सञ्चालन नगर्न पत्राचार गरेको थियो । भदौ ५ गते अर्को पत्र पठाउँदै सुरक्षा मापदण्ड पालना गरी असोज ७ गते निर्वाचन सहितको साधारण सभा सञ्चालन गर्न अनुमति दिएको थियो । 

तर संघले दशैं तिहार र छठपर्व देखाई मंसिर २७ गते साधारण सभा गर्ने निर्णय भएको जानकारी प्रशासनलाई गरायो । 

मंसिर २७ मा साधारणसभा गर्न स्वीकृति पाएको भएपनि विभिन्न कारण देखाई फेरि पुस २३ गतेका लागि नयाँ मिति तोकियो । पुस २३ गतेबाट पनि फेरि पुस ३० गतेका लागि मिति सारियो । पुस ३० मा साधारणसभा हुन सकेन । 

त्यसपछि प्रशासनले अब अर्को मिति दिन नसकिने जनाउँदै कार्यसमिति विघटन गरिदिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved