श्रम मन्त्रालयको पुन:एकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 08:59:20 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार अपराह्न मन्त्रालयमा भएको भेटमा उनीहरुबीच इपिएस मार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको सम्भावित साझेदारीका बिषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।

इपिएस मार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनामा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०ले आठ मिलियन अमेरिकी डलर अर्थात करिव ९६ करोड रुपैंया सहयोग प्रदान गरेकोमा मन्त्री श्रेष्ठले धन्यवाद ज्ञापन गरे  । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०ले उपलब्ध गराएको उक्त रकम सम्वद्ध सरकारी निकायको क्षमता अभिवृद्धि, पुनस्एकीकरण सम्वन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केर आएका नेपालीहरुको उद्यमशिलता सम्वन्धी क्षमता अभिवृद्धि र वित्तिय पहुँचमा खर्च हुनेछ । उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आवद्ध भइ संचालन हुनेछ । कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिकहरु ईपीएसमार्फत गएका छन् । उनीहरू स्वदेश फर्किएपछि पुनःएकीकरण र सीपमूलक तालिमका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० ले सहयोग उपलब्ध गराएको हो ।

मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा सातवटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान संचालन गर्ने सरकारको योजना रहेको बताउदै कोरिया सरकारसँग सहकार्यको लागि इच्छुक रहेको उल्लेख गरे । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत रोजगारीबाट करारअवधि सकिएर फर्किएका कामदारलाई पुनः एकीकरण तालिम सञ्चालन गर्न गण्डकी, बागमती, लुम्विनमा पुर्वाधार निर्माण गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved