२ वर्षको श्रम स्वीकृति दिने व्यवस्था हट्यो, पूनः स्वीकृति पनि विदेशबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 08:33:01 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा हालसम्म कार्यान्वयनमा रहेको २ वर्षको श्रम स्वीकृति दिने व्यवस्था हरेको छ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको जनाएको छ।

मन्त्रालयका सहसचिव दण्डुराज घिमिरेका अनुसार   प्रधानमन्त्रीस्तरबाट निर्णय गरि अबदेखी गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति / रोजगारदाता र श्रमिक वीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ  । वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति दिदा रोजगारदाता र श्रमिक वीच भएको श्रम सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमति / सम्झौताको अवधिलाई भन्दा सबैलाई २ वर्षको श्रम स्वीकृति दिदै आएको पक्षलाई मन्त्रालयले मूल्यांकन गर्दा यसवाट श्रमिक कामदारको कार्य अवधि र भिषा अवधि छदै श्रम स्वीकृतिका कारण बीचमा नै नेपाल फर्किनु परेको, विदेशमा वस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नघाई बस्नुपर्ने अवस्था देखिएको एवं धेरै झैझमेला मोल्नुपर्ने भएकोले अबदेखी गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति / रोजगारदाता र श्रमिक वीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था गरिएको उनले बताए ।

त्यसै गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १७ (ग) मा भएको पूनः श्रम स्वीकृतिको व्यवस्था हाल प्रभावकारी रुपमा कार्यान्वयनमा नआएको कारण विदेशमा कार्यरत नेपाली श्रमिकले धेरै दुःख पाएको, पूनः स्वीकृति लिन पनि पूनः नेपाल आउनुपर्ने भएको र पूनः श्रम स्वीकृति नभएको वेला भवितव्य परी मृत्यु भएमा मृत्यु भएका बखत पाउने राहत, उद्दार लगायतका सुविधा कानून वमोजिम उपलब्ध गराउन नसकिएको पक्षलाई ख्याल गरी यसमा पनि नयाँ व्यवस्था गरिएको छ । सहसचिव घिमिरेका अनुसार गन्तव्य मुलुकहरुमा रहेका नेपाली कुटनैतिक नियोगबाटनै पूनः श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ । यसका लागि Foreign Employment Management Information System त्यसै अनुरुप बन्न लागेको एवं विदेशबाटै वैकिङ्ग र Mobile App बाट नेपालका खातामा रकम जम्मा हुन सक्ने व्यवस्था समेत गरिन लागेको उनले बताएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved