
 2mb (1).gif)
युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिले ईपीएस प्रणाली मार्फत दक्षिण कोरिया जाने कामदारहरूको बढी हवाई भाडा लिईएको भए उजुरी दिन आग्रह गरेको छ । नेपालबाट दक्षिण कोरिया सम्म जाने नेपाली कामदारहरुको प्रति टिकट मूल्य अमेरीकी डलर ८९५ निर्धारण भएको कम्पनीले जनाएको छ ।
तोकिएको रकम भन्दा बढी रकम कसैले लिएमा वा लिने कोशिस गरेमा कम्पनीको ईपीएस शाखामा वा वैदेशीक रोजगार विभाग, ई.पी.एस. कोरिया शाखा ग्वार्को ललितपुरमा उजुरी गर्न कम्पनीले आग्रह गरेको छ।
कम्पनीका अनुसार नेपाल सरकार,श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बिभाग, ई.पी.एस. कोरिया शाखा ग्वार्को ललितपुर र यस कम्पनी बीच मिति २०७९/१० / ३ गते सम्झौता भई नेपालबाट दक्षिण कोरिया सम्म जाने नेपाली कामदारहरुको प्रति टिकट मूल्य अमेरीकी डलर ८९५ निर्धारण भएको हो । नेपाल राष्ट्र बैंकको प्रचलित बिनिमय दर बमोजिम हुन आउने रकम सोझै तोकिएका बैंक खातामा जम्मा गरि टिकट लिनु समेत कम्पनीले सम्बन्धित सरोकारवालाहरुमा अनुरोध गरेको छ।
युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालि नेपालको लागि कोरियन एयरको जेनरल सेल्स एजेन्ट (जीएसए) हो ।