विदेश जानको लागि मङ्सिरमा ७१ हजारले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै धनुषा र झापाका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2023 | 05:59:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर महिनमा ७१ हजार बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । ६४ हजार ३४२ जना पुरुष र ६ हजार ९३४ गरी कुल ७१ हजार २७६ जना नेपाली युवाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्विकृती लिएका हुन् । 

यसरी, स्वीकृति लिनेहरुमध्ये १३ हजार ५९६ जना नेपाली श्रमिक अदक्ष रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार मङ्सिरमा श्रम स्वीकृति  लिनेहरुमध्ये ५१ हजार ३४० जना दक्ष र ६ हजार १२८ जना अर्धदक्ष कामदार हुन् । ५२ जना भने उच्च दक्ष कामदार भएको विभागले जनाएको छ । 

विभागका अनुसार उक्त संख्यामा नेपालीहरु १०८ देशका लागि श्रम स्वीकृति लिएका हुन । जसमध्ये संयूक्त अरब ईमिरेट(यूएई)का लागि धेरैले स्वीकृति लिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । मङ्सिरमा यूएई जानका लागि १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये २ हजार ५१५ जना महिला रहेका छन् । त्यसैगरी, कतारका लागि १४ हजार १५२ जना, साउदी अरबका लागि १३ हजार ९८३ जना र मलेसिया जानका लागि ९ हजार ७७५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ । 

यसै गरी, अमेरिकाका लागि ७२ जना, बेलायतका लागि २३१ जना, अस्ट्रेलियाका लागि ४६ जना, क्यानाडाका लागि ४५ जना, जर्मनीका लागि ९ जना, ईजरेलका लागि ८५ र जापानका लागि १ हजार ५२८ जनाले श्रम स्वीकृति लिएका छन् ।  

जसमध्य धनुषा जिल्लाका रहेका धेरैजना विदेश जानका लागि स्वीकृति लिएका छन् । यो महिनामा धनुषाका ३ हजार ६२१ ज्ना युवाले श्रम स्विकृत लिएका हुन् । त्यसैगरी, झापाका ३ हजार ३९७ जना, मोरङ जिल्लाका ३ हजार १०२ जना, सिरहका २ हजार ७१६ जना, महोत्तरीका २ हजार ३८५ जना र रुपन्देही २ हजार ३०९ जनाले वैदेशिक रोजगारीमा जानका लागि मसिंर महिनामा श्रम स्वीकृति लिएको विभागले उल्लेख गरेको छ । 

यसरी श्रम स्वीकृति लिनेमा ३६ हजार ८० जना नयाँ तथा ३५ हजार १९६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । कार्तिक महिनामा यसरी विदेश जानेको संख्या ४३ हजार ६२२ र असोजमा ५६ हजार २३५ जना रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved