श्रमिकलाई भार पर्नेगरी मन्त्रीले बढाएको शुल्क तत्काल फिर्ता लिन ट्रेड युनियन काँग्रेसको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2023 | 05:34:07 PM मा प्रकाशित

laxmi sunrise bank

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले लिने अभिमुखिकरण तालिमको शुल्क बढाएकोमा नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै युनियनले शुल्कमा चारगुणा वृद्धि, इपिएस कोटामा कोरिया जाने श्रमिकलाई एलजीको पोष्टपेड सिम र अंग्रेजी भाषा अनिवार्य उतिर्ण गनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

 मन्त्रालयले गरेको मूल्य वृद्धिले श्रमिकलाई ३० देखि ४० हजारको आर्थिक भार थपिने युनियनले जनाएको छ। अभिमुखिकरण तालिम शुल्कमा चार गुणा वृद्धि, कोरियामा जाने श्रमिकले त्यहाँको प्रिपेड सिम चलाउँदा मासिक पाँच सयले पुग्ने ठाउँमा पोस्टपेड सिम चलाउँदा मासिक ४ हजार ८१४ रुपैयाँ पर्ने र थप अंग्रेजी भाषा सिक्न ३०/४० हजार खर्च भार हुने युनियनले उल्लेख गरेको छ।  मन्त्रालयले गरेको उक्त निर्णयले नागरिकको घाउमा झनै नुनचुक छर्किएको आभास भएको युनियनले जनाएको छ ।  

 सरोकारवाला पक्षसँग कुनै छलफल नै नगरी मन्त्रालयले एकलौटी ढंगले यो किसिमको निर्णय ल्याउनु त्रिपक्षीयताको मुल्य मान्यता र संविधानको समेत गम्भीर उल्लंघन भएको नेपाल ट्रेड युनियन काँग्रेसको आरोप छ ।  युनियनले मन्त्रालय गरेको उक्त निर्णय तत्काल फिर्ता लिन समेत माग गरेको छ।  

श्रम मन्त्री शरदसिंह भण्डारीले अभिमुखिकरण तालिमको शुल्कमा चारगुणा वृद्धि, इपिएस कोटामा कोरिया जाने श्रमिकलाई एलजीको पोष्टपेड सिम र अंग्रेजी भाषा अनिवार्य उतिर्ण गनुपर्ने निर्णय गरेका थिए । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved