वैदेशिक रोजगारीको प्रक्रियालाई पूर्ण अनलाइन बनाउने प्रधानमन्त्रीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 06:52:27 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुने बताएका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्षेत्रमा धेरै सुधारका काम गरेको उल्लेख गर्दै अबको ध्यान यसतर्फ केन्द्रित हुने जनाएका हुन् ।

यस्तै उनले वैदेशिक रोजगारीमा जानेलाई बैंकसँग जोडन नसक्दा मिटरब्याज र चर्को ब्याजको शिकार हुनुपरेको बताउँदै वैदेशिक रोजगारीको प्रक्रियालाई पूर्ण अनलाइन गरी बैंकिङ प्रणालीसँग जोडिँने जानकारी दिए । यसकासाथै उनले श्रम स्वीकृति र पुनःश्रम स्वीकृति कार्यलाई पूर्णरूपमा अनलाइन गरिएको, २ वर्षे सीमालाई परिमार्जन गरी करार अवधि बमोजिम नै श्रम स्वीकृति दिने व्यवस्था भएको, विदेशस्थित नियोगबाटै पुनःश्रम स्वीकृति प्रदान गर्ने व्यवस्थादेखि टेलिमेडिसिन सेवासम्म उपलब्ध गराएको,  वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण एवं राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्सल टिम, शीघ्र प्रत्युत्तर टोली, चौबीसै घण्टा गुनासो सुन्‍नेगरी श्रम कल सेन्टर सञ्‍चालनमा ल्याएर यस क्षेत्रको केहि सुधार गरेको उल्लेख गरे । 

उक्त कार्यले यसले वैदेशिक रोजगारमा जानेलाई अलिकति सजिलो भएको उनको दावी छ। तर, प्रक्रियागत गाँठा फुकाएर मात्र आफु खुसी हुने अवस्था नरहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

यस्तै उनले  विप्रेषणको सदुपयोग र फर्केपछि सीपको सदुपयोगसहितको गुणस्तरीय जीवनका लागि धेरै काम गर्न बाँकी रहेको जनाउँदै उनले भनेर्, उक्त काम अब मेरो प्राथमिकतामा छ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved