कोरिया जाने विषयको प्रदर्शनमा २ जनाको मृत्यु भएपछि बल्ल बोल्यो श्रम मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 05:56:11 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकै वर्षमा सबै क्षेत्रमा आवेदन दिन पाउने व्यवस्था मिलाउनको लागि एचआरडी कोरियासँग छलफल भैरहेको जनाएको छ ।  कोरिया जाने भाषा परीक्षाको विषयमा शुक्रबार भएको प्रदर्शनमा २ जनाको मृत्यु भएपछि मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै Shipbuilding तर्फ आवेदन दिएकाहरुलाई माग बमोजिम उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) तर्फको आवेदन गर्न सक्ने गरी आवश्यक निर्णयमा पुग्नेगरी वार्ता एवं तयारी भईरहेको जनाएको छ । मन्त्रालयले उक्त वार्ता भैरहेकाले हाललाई सबै प्रकारका आन्दोलन, धर्ना जस्ता क्रियाकलापहरु नगर्नु सबैलाई अनुरोध गरेको छ ।

‘पानी जहाज निर्माण क्षेत्र ( Shipbuilding) परीक्षामा सहभागी भएका परीक्षार्थीहरुले उक्त बुँदा हटाउनको लागि यस कार्यालयमा ज्ञापन पत्र पेश गरी धर्ना, जुलुस जस्ता कार्यहरु गरिरहेकोले यसमा कोरिया सरकारको सम्बद्ध निकाय एचआरडी कोरियासँग छलफल भईरहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार एक वर्षमा एकभन्दा बढी क्षेत्रहरुमा आवेदन दिन नसकिने भन्ने कोरियामा आप्रवासी कामदार जाने १६ देशहरुकालागि लागु भएको व्यवस्था हो । ‘आवेदन गर्नको लागि तोकिएको म्यादभित्र उक्त विषय संवोधन गर्न नसकिएको अवस्थामा पानी जहाज निर्माण क्षेत्र (Shipbuilding) तर्फ आवेदन दिएकाहरु मध्ये केही आवेदकले उच्च अदालत पाटनमा यो परीक्षामा समेत आवेदन दिन पाउँ भनि रिट निवेदन दिँदा रीट निवेदकहरुलाई फाराम भर्नबाट बञ्चित नगराउनु भन्ने आदेश भएको र सो अनुसार गर्ने तयारी भईरहँदा उक्त क्षेत्रका सबै आवेदकले यसमा समेत सहभागी हुन पाउनु पर्छ भन्दै आन्दोलन हुँदा अत्यन्त अप्रिय एवं दुःखद् घटना घट्न गएकोमा मन्त्रालय हार्दिक समवेदना एवं गहिरो दुःख प्रकट गर्दछ ।‘ विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved