उत्पादनमूलक क्षेत्रका लागि सिप बिल्डिङको परीक्षा दिएकाले पनि आवेदन दिन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2023 | 12:00:24 PM मा प्रकाशित

laxmi  sunrise bank

जहाज निर्माण (सिप बिल्डिङ)मा भाषा परीक्षा दिएकाहरू पनि उत्पादन क्षेत्र (म्यानुफ्याक्चरिङ) तर्फ आवेदन दिन पाउने भएका छन् । जहाज निर्माणका लागि आवेदन दिएर बसेका ३० हजार बढी परीक्षार्थीका लागि उत्पादन क्षेत्रमा पनि भाषा परीक्षा दिने निर्णय गर्दै ईपीएस कोरिया शाखाले आवेदन खुला गरेको छ ।

उनीहरीका लागि यही पुस १६ देखि १८ गतेसम्मका लागि फाराम खुला गरिएको छ । यो अवधिमा जहाज निर्माण क्षेत्रमा परीक्षा दिएकाहरूले मात्रै आवेदन दिन पाउने शाखाले जनाएको छ ।

उच्च अदालत पाटनले सिप बिल्डिङका लागि परीक्षामा सहभागी भएकालाई फाराम भर्न रोक नलगाउन आदेश दिएपछि उनीहरूका लागि विभागले उत्पादनमुलक क्षेत्रका लागि आवेदन खुला गरेको हो ।

यसअघि सन् २०२३ भित्र परीक्षामा सहभागी भएकाहरुले अन्य क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था थियो । तर, परीक्षार्थीले उत्पादनमुलुक क्षेत्रको परीक्षामा सहभागी हुनु पाउँनुपर्ने उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । पुस ५ गते अदालतको आदेशपछि १८ जनालाई मात्र ईपीएस परीक्षामा सहभागी हुनका लागि ईपीएस शाखा ग्वार्कोले सूचना निकालेका थियो ।

त्यसपछि पुनः उच्च अदालत पाटमा अर्को रिट परेको थियो । त्यस रिटमा शुक्रबार सुनुवाइ गर्दै अदालतले समाज प्रकैतिका सबैलाई परीक्षार्थीलाई रोक नलगाउन आदेश दिएको थियो ।

कोरियाको मानव संशाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएकोले अदालतको आदेशअनुसार सिप बिल्डिङमा सहभागी भएका परीक्षार्थीका लागि उत्पादनमुलक क्षेत्रका लागि आवेदन खुलाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

सिप बिल्डिङका लागि गत साउनमा भाषा परीक्षा भएको थियो ।

सिप बिल्डिङ क्षेत्रमा सहभागी भएकाले अरु क्षेत्रको परीक्षामा पनि सहभागी हुनपाउने पर्ने भन्दै आन्दोलन गर्दै आएका थिए । आन्दोलनकै क्रममा शुक्रबार दुई जनाको मृत्यु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved