वैदेशिक रोजगारीमा विदेश पठाउँदा १ लाख ३२ हजार शुल्क लिन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 07:42:44 PM मा प्रकाशित

laxmi  sunrise bank

म्यानपावर व्यवसायीहरुले विदेश जाने कामदारको लागत शुल्क प्रस्ताव गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रमिकलाई विदेश पठाउँदा लाग्ने शुल्क हिसाव गरेर सोहि अनुसार लागत प्रस्ताव गरेको  । 

संघले विभिन्न शिर्षकमा लाग्ने शुल्कहरु जोडेर १ लाख ३२ हजार ७५४ रुपैयाँ लागत प्रस्ताव गरेको हो । संघले १३ वटा शिर्षकमा उक्त लागत निकालेको हो ।

संघले प्रस्ताव गरेको लागत शुल्क शिर्षकअनुसार यस प्रकार छः

अभिमुखिकरण तालिमः रु ७०० (नयाँ बैज्ञानिक ढंगले तोकिए अनुसार हुनेछ)

ख) राहदानी शुल्क ५,००० रुपैयाँ 

ग) मेडिकल शुल्क रु ९,८९० रुपैयाँ 

घ) यातायात खर्च ९००० रुपैयाँ  आते जाते

ङ) अन्तर्वार्ता गर्न आउदा बस्ने खर्च ७,००० रुपैयाँ 

च) भिषा शुल्क दूतावास ७,०६४ रुपैयाँ 

छ) सामाजिक सुरक्षा कोष २३५० रुपैयाँ 

ज) कल्याणकारी कोष १५०० रुपैयाँ 

झ) इन्स्योरेन्स ४,००० रुपैयाँ (औषत शुल्क)

ञ) सेवा शुल्कः न्युनतम १ महिनाको तलब करिब ४५००० रुपैयाँ  (मलेशिया र खाडी मुलुक) 

ट) हवाई टिकेट शुल्क ४०,००० रुपैयाँ अनुमानित

ठ) बिज्ञापन १००० रुपैयाँ 

ड) फोटो २५० रुपैयाँ 

 हवाई भाडा र सेवा शुल्कको रकम घटबढ हुन सक्नेछ संघले उल्लेख गरेको छ  । त्यस्तै युरोप तथा अन्य मूलुकमा तलब अनुसार र हवाई टिकट बापतको खर्च सूची तलमाथी हुने संघले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved