श्रम स्वीकृतिको लागि तोकिएको कोटा हटाउने मन्त्री अर्यालको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 12:53:06 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिको लागि तोकिएको कोटा हटाइने मन्त्रालयको तयारी गरेको छ । मन्त्रालयले श्रममन्त्री डोलप्रसाद अर्यालको निर्देशनमा श्रम स्वीकृतिको लागि तोकिएको कोटा हटाउने तयारी गरेको हो ।

त्यस्तै, श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुन स् श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउने मन्त्रालयले तयारी गरेको छ । हालको व्यवस्थाअनुसार संस्थागत श्रम स्वीकृतिको लागि १३ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ ।

त्यस्तै, व्यक्तिगत श्रम स्वीकृति तर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृती प्रदान गर्ने व्यवस्था छ । तर, अब देखि व्यक्तिगत श्रम स्वीकृति तर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ । त्यस्तै, प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिको लागि निश्चित कोटा समेत तोकिने, विदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयको तयारी छ ।

यसका साथै दिउँसो एक बजे देखि मात्रै टोकट वितरण गर्ने व्यवस्था गर्ने तयारी गरिएको छ । विहान नौ बजे देखि एक बजेको समयमा धेरै जनाले फेमिसको प्रयोग गर्ने हुँदा सर्भर स्लो हुने भएकोले केही दिनका लागि सो अवधिमा टोकन वितरण नगर्ने व्यवस्था गर्ने तयारी गरिएको हो । हाल दैनिक एक हजार ५०० देखि दुई हजार श्रमिकले पुन श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् ।

त्यस्तै, एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिन भित्रका कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिईदै आएको छ । तीन दिन भित्र कागजपत्र नबुझाएका नयाँ टोकन लिनुपर्ने व्यवस्था छ ।

यसैबिच, मन्त्री अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन् । विहीबार साँझ मन्त्री आफै ताहाचल पुगी कार्यालयको अनुगमन गरेका हुन् ।कार्यालयमा पुगी मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका बिषयमा कर्मचारीसँग जानकारी लिएका थिए ।

त्यस्तै, श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको बिषयमा पनि कर्मचारीसँग सोधपुछ गरे । श्रममन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यस अघि नै निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन पछि कार्यालयको २० वटा कम्प्यूटर अपटेड गरिएको छ । कर्मचारीलाई तीन वटा सिफ्टमा काम गर्न लगाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved