तामाकोशी पाँचौँमा संचय कोषले १२ अर्ब ऋण लगानी गर्ने, सर्वसाधारणलाई आईपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 09:14:59 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा आइतबार हस्ताक्षर भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम र तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानले हस्ताक्षर गरेका हुन्। माथिल्लो तामाकोशीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाचौ अगाडि बढाउन लागिएको हो । आयोजनाको क्षमता ८७ मेगावाट रहेको छ ।

तामाकोशी पाँचौँको कूल लगानी रु १६ अर्ब रहने अनुमान गरिएको छ । कूल लगानीमध्ये रु १२ अर्ब कोषले उपलब्ध गराउँदा थप रु चार अर्ब भने प्राधिकरणले लगानी गर्ने भएको छ । परियोजना सस्तो र आकर्षक भएकाले पनि आफूहरूले खुला हृदयका साथ लगानी गरेको कोषका प्रशासक गौतमको भनाइ छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर सुरीदोभान पु¥याइनेछ । आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ । माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई थप सहज हुने प्रमुख कार्यकारी अधिकृत प्रधानको भनाइ छ । यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि थप सहज भएको छ । माथिल्लो तामाकोशीको टेलरेस टनेललाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक बनाइएको छ ।

तामाकोशी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ । आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत रु १६ करोड मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने छैन । माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल देखिन्छ । प्रसारण लाइनसमेत तम्तयारी हालतमा रहेको, लागत सस्तो पर्ने एवम् सबै विषयले सहज भएकाले कोषले ऋण उपलब्ध गराएको जनाएको ।

आयोजनाले वार्षिक रुपमा ५४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । आवश्यक सबै काम सकेर आगामी १० महिना भित्रमा बोलपत्रको काम थाल्ने र निर्माण शुरु गरिहाल्ने योजनामा प्रवद्र्धक कम्पनी लागिपरेको छ । कोषले यस अघि रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा समेत शेयर र ऋण लगानी गरेको छ ।

पूर्वऊर्जामन्त्री वर्षमान पुनले सो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेका थिए । आयोजनाले स्थानीय प्रभावित एवम् आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved