माथिल्लो मोदी ए जलविद्युत आयोजनाको लागि लगानी जुट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 05:02:15 PM मा प्रकाशित

laxmi  sunrise bank

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा अवस्थित ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी जुटेको छ। एनएमबि बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी. तथा मोदी जलविद्युत कम्पनीबीच आयोजनामा लगानी गर्न शर्त समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।

माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैक लि.को अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको छ । मोदी जलविद्युत कम्पनी लि. को मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहने छ । माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत रु. ९ अर्ब ८ करोड रहने जानकारी गराईएको छ ।

एनएमबि बैकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved