काठमाडौंमा इन्डोनेसियन बुटिक प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 11:01:05 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेसियाली दूताबासको आयोजनामा काठमाडौंमा बुटिक मेला शुरु भएको छ । इन्डोनेसियाली दूताबास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्धारा आयोजित मेला दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको छ ।

आइएमई ग्रुप र आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल सहआयोजक रहेको उक्त मेलामा इन्डोनेसियाली बुटिकद्धारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएको छ । मेलामा बुटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेसियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेसियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने जनाईएको छ।

पछिल्लो समयमा दुई देशका नागरिक एक अर्को देशमा पर्यटकका रुपमा भित्रिने संख्यामा उल्लेख्य बृद्धि भएको र यसले आगामी दिनमा नेपालमा इन्डोनेसियाली लगानी आकर्षित गर्न पद्दत पुग्ने इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले बताए ।

उद्घाटन कार्यक्रममा इन्डोनेसियाको कला र संस्कृति झल्किने खालका विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेसियाली बुटिकबाट निर्मित पहिरनहरुको ‘फेसन सो’ प्रस्तुत गरिएको थियो ।  

असार १९ गतेबाट शुरु भएको प्रदर्शनी २० गते शुक्रबार साँझ ५ बजेसम्म संचालनमा आउनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved