सुरु भयो सुपथ मूल्य पसल, कुन सामानमा कति छुट ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2023 | 06:19:16 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आज आइतबादेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका बीच सहुलियत पसलको औपचारिक उद्घाटन गरेका छन् ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । सहुलियत पसल उद्घाटन गर्दै मन्त्री रिजालले उपभोक्तालाई सामान उपभोग गर्दा ध्यान दिन अनुरोध गरेका छन् । 

सहुलियत पसलमा देशभरि तेल बाहेक अन्य खाद्यान्न सामग्रीहरु २९ हजार ५ सय १० कुइन्टल सम्मको बिक्रि गर्ने क्षमता रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रभक्ता सर्मिला न्यौपानेले जानकारी दिइन । 

“सहुलियत पसलमा तेलबाहेक अन्य खाद्यान्नहरु २९ हजार ५ सय १० क्विन्टल सामान विक्रि गर्ने क्षमता रहेको छ,” उनले भनिन्, “त्यसमा मासु पनि पर्दछ । तेल चाँहि १२ हजार लिटर रहेको छ ।”

न्यौपानेका अनुसार अरु सामान भन्दा चिनिमा चाँहि समस्या रहेको छ । १ जना बराबर २ के.जी चिनी मात्र लान पाउने छन् । अहिले जम्मा ७ क्विन्टल चिनी रहेको छ । नपुगेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समाधानको बाटो खोजीरहेको उनले बताइन् । 

यस्तो छ खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुपथ मूल्य पसलमा उपलब्ध सामान र छुटको विवरण:

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved