दशैँको लागि अग्रिम टिकट बुकिङ खुला, काउन्टरमा यात्रुको भीड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 09:34:54 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असोज २२ गते सोमबारदेखि दशैँको लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । अग्रिम टिकट बुकिङ खुला भएसंगै बिहानैबाट नयाँ बसपार्क, कलंकी, कोटेश्वर, चाबहिल छेत्रमा दशैँको लागि टिकट काट्न यात्रुको भिड लागेको छ ।

यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने भनिएपछि यात्रुहरु आफै टिकट काउन्टरमा उपस्थित भएका छन्।

 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था, ल्होत्से बहुउद्देशय प्रा. लि.,नाडा समेतका सरोकारवालहरुको बैठकले आज असोज २२ बाट अग्रिम टिकट खुलाउने निर्णय गरेको थियो । अनधिकृत काउन्टर, परिचय पत्र, पेशाक नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने/गराउने गरिने यातायात व्यवस्था विभागले जनाएको छ।

 यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने विभागले जनाएको छ। तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहने विभागले उल्लेख अग्रेकाओ छ।

 यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु २०८० साल आश्विन २८ गतेदेखि कार्तिक ०८ गतेसम्म नारायणघाटदेखि काठमाडौसम्म सञ्चालन गर्न रोक लगाइने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved