जावलाखेलमा जारी जुत्ता चप्पल महोत्सवमा उपभोक्ताको चहलपहल (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 05:30:05 PM मा प्रकाशित

laxmi  sunrise bank

जावलाखेलमा जारी जुत्ता चप्पल महोत्सवमा उपभोक्ताको उल्लेख्य सहभागीता रहेको पाइएको छ । दशैँको मुखमा चलिरहेको जुत्ता चप्पल महोत्सवमा मानिसहरुको उल्लेख्य चहलपहल तथा सहभागीता रहेको पाइएको हो । 

असोज १० गतेदेखि सुरु भएको जुत्ता चप्पल महोत्सवमा सबै उमेर समहूका व्यक्तिहरु जुत्ता तथा चप्पल खरिद गर्न त्यहाँ पुग्ने गरेका छन् । स्टल राखेका कम्पनीहरुले मानिसहरुको उल्लेख्य सहभागीता रहेको बताएका छन् । 

नेपाली ब्राण्डका मात्रै जुत्ता तथा चप्पल राखिएको महोत्सवमा कम्पनीहरुले न्यूनतम् २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । नेपाली जुत्ता चप्पल उत्पादक समूहले आयोजना गरेको जुत्ता चप्पल महोत्सव कार्तिक ३ गतेसम्म चल्नेछ ।  

“नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारासहित चलिरहेको महोत्सव हरेक दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । 

महोत्सवमा रोयल शु इण्डष्ट्रिजको उत्पादन रोयल शुज, वेश फुटवेयरको उत्पादन वि.एफ. डियर हिल र वि.एफ. स्पोर्ट, लालिगुँरास फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरको फस्टवाक शुज, नमस्ते फुटवेयरको सिल्स, आर.डि.कलेक्सनको हाई लाईफ, केटिएम शुजको केटिएम, डि.जे. शुज कम्पनीको डि.जे. शुज, फुड फेशनको वेली शुज, सर अनिल टे«ड लिंक्सको उत्सव र कोसेली छाला जुत्ता उद्योगको कोसेली शुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहेको छ । 

महोत्सवमा ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु खरिद गर्न सकिनेछ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved