उद्योग वाणिज्य संघ काठमाडौँले व्यवसायीलाई भन्यो, ‘मूल्यसूची अनिवार्य राख्नू’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 04:25:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले व्यवसायीलाई वस्तुको मूल्यसूची बिक्रि स्थलमा अनिवार्य राख्न भनेको छ । आफ्ना सदस्य तथा आम व्यवसायीहरुलाई मर्यादित व्यवसाय गर्न सुसूचित गराएको हो ।

संघका महासचिव दुर्गाराज श्रेष्ठले हस्ताक्षर गरेर संघको तर्फबाट जारी गरिएको विज्ञप्तिमा चाडवाड लक्षित बजार अनुगमनको सम्भाव्य कारबाहीबाट जोगिन मूल्यसूची अनिवार्य राख्न, दर्ता प्रमाणपत्र अनिवार्य राख्न, म्याद गुज्रिएका वस्तुहरु नराख्न, मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्रि गर्दा अन्तःशुल्क दर्ता अनिवार्य राख्न व्यवसायीलाई भनिएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved