वालिङमा मिति गुज्रिएका खाद्यान्न सामग्री फेला

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Oct 12, 2023 | 07:49:48 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट सिटी  वालिङमा उपभोक्ताहरू पनि स्मार्ट र सचेत हुनुपर्ने देखिएको छ l जिल्लाको मुख्य व्यापारिक केन्द्र समेत रहेको वालिङमा   स्थानीय सरकारले बजार अनुगमनलाई प्राथमिकता नदिँदा बजारमा जताततै मिति गुज्रेका सामान पाइएको छन् l

बिहिबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको बजार अनुगमनका क्रममा खाद्यान्न, मिठाइ पसल र हार्डवेयरमा समेत मिति गुज्रिएका सामान फेला परेका हुन् l 

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चाडपर्व लक्षित बजार अनुगमन अन्तर्गत वालिङ नगरपालिकाको बजार अनुगमन गरेको हो  l चाडपर्वमा हुन सक्ने कालोबजारी तथा ठगी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहिबार वालिङ  नगरपालिकाको बजार अनुगमन गरिएको थियो l बजार अनुगमनमा घरेलु तथा पर्यटन कार्यालय, खाद्यान्न तथा गुणस्तर नियन्त्रण कार्यालय पोखरा, उपभोक्ता मंच,  करदाता कार्यालय , नगरपालिकाका कर्मचारी र प्रहरीको समेत सहभागिता रहेको थियो l

बिहिबार जिल्ला प्रशासन कार्यालयले २२ वटा पसलहरूको अनुगमन गर्दा धेरैजसो पसलमा मिति गुज्रिएका खाद्यान्न सामग्री फेला पारिएको हो l १४ ओटा खाद्यान्न पसल, ४ ओटा औषधी पसल, २ वटा हार्डवेयरमा र १ /१ ओटा मिठाइ पसल र बेकरीको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी  पौडेलले जानकारी दिए l 

वालिङका नाम चलेका पसलहरूमा समेत उत्पादक र उपभोग्य मितिको लेबलिङ नभएका र म्याद गुज्रिएका  सामग्रीहरू भेटिएको छ l गाउँवेशी डिपार्टमेन्ट स्टोर्स, नमस्ते फलफूल तथा किराना, भूम्रे किसान मार्ट, दिया वर्षा हार्डवेयर, गाउँवेशी मार्ट प्रा. लि. , वालिङ स्वीट्स, बगाले बेकरी, राधाकृष्ण स्टोर्समा अनुगमन गर्दा लेबलिङ नभएका र म्याद गुज्रिएका सामाग्रीहरू  भेटिएको हो l 

अनुगमनका क्रममा चामल, बिस्कुट, दालमोठ, कोल्ड ड्रिंक्स, बियर, फेबिकल , रंग, नमकिन , चाउचाउ, अजिनो मोटो लगायतका म्याद गुज्रिएका सामग्रीहरू भेटिएका थिए l औषधी पसलहरूमा भने कुनै कैफियत नभेटिएको बताइएको छ l 

अनुगमनका क्रममा वालिङ स्वीट्सलाई २० हजार जरिवाना गरिएको छ l म्याद गुज्रेका मिठाइजन्य कच्चा पदार्थ प्रयोग गरेको, मिठाइ उत्पादन गरिने स्थानको सरसफाई एकदमै कमजोर देखिएको पाइएकाले उपभोक्ता संरक्षण ऐन – २०७५ बमोजिम जरिवाना गरिएको प्रशासनले जनाएको छ l  यसैगरी रंगको मूल्य केरमेट गरि नबुझिने बनाएकाले डुम्रे हार्डवेयरलाई रंगको मूल्य बराबर ३ हजार २ सय २४ रूपैयाँ जरिवाना गरिएको छ l हार्डवेयर, खाद्यान्न, बेकरी  र  मिठाइ पसलमा  रहेका  म्याद गुज्रिएका सामाग्री  जफत गरी वालिङ सरसफाई केन्द्रमा लागि नष्ट गरिएको छ l 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved