बजार अनुगमनमा खटिएका टोलीहरुले गत वर्ष कै खाजा खर्च पाएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 08:20:16 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिले निरन्तर बजार अनुगमन गरिरहेको छ । तर यसरी बजार अनुगमनमा खटिने टोलीहरुले गत वर्ष कै खाजा खर्च नपाएको खुलेको छ । 

विभागका अनुसार सरकारले अनुगमनमा खटिएका टोलीहरुलाई खाजा खर्चको लागि १ जना बराबर ५०० बजेट राखेको छ। तर, गत वर्ष कै खर्च अहिले सम्म भुक्तानी नभएको विभागका निर्देशक आनन्दराज पोखरलले बताए ।   

निर्देशक पोखरेलका अनुसार अनुसार आर्थिक वर्ष २०७९/८० मा पनि अनुगमन टोलीलाई खाजा खर्च छुट्याएको थियो । तर, अहिलेसम्म पनि भुक्तानी भने गरेको छैन।

यो वर्ष पनि सरकारले खाजा खर्च वापतको पैसा दिन्छ वा दिदैंन भन्ने प्रष्ट नरहेको बताए। “त्यो खर्च पाउनको लागि खटिएका टोली सदस्यहरुले एउटा फारम भरेर सहि छाप गर्नुपर्ने हुन्छ । जो त्यो टोलीमा उपस्थित छन्, उनीहरुलाई प्रति दिन ५०० को दरले खाजा भत्ता पाउने व्यवस्था छ ,” उनले भने,“ तर, गत आर्थिक वर्षमा पाएनन् । यो वर्ष पनि के हुन्छ थाहा छौन्,” उनले भने । 

विभागले हाल ७ वटा टोली बनाएर दैनिक बजार अनुगमन गरिरहेको छ। विभागका अनुसार दशैँमा घटस्थापनामा एक दिन विदा हुन्छ । सप्तमीको अघिल्लो दिनसम्म अनुगमन हुने र पुर्णिमाको भोलिपल्ट देखि फेरि अनुगमन सुरु हुने पोखरेलको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved