बाल्यकालमा दशैँ सकिएपछि कहिले तिहार आउँछ र देउसी भैलो खेल्न पाइन्छ भनेर दिन गनेर बसिन्थ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 11:11:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नमिता न्यौपाने

हिन्दु धर्मावलम्बीहरुको महान चाड तिहार नजिकिएको छ । मलाई दशैँपछि सबैभन्दा रमाइलो र विशेष चाड तिहार लाग्छ । मलाई तिहार भन्नासाथ बाल्यकाल खुब याद आउँछ । बाल्यकालमा म दशैँ सकिएपछि कहिले तिहार आउँछ र देउसी भैलो खेल्न पाइन्छ भनेर दिन गनेर बस्थेँ । तिहारमा दाजुभाइहरुले पैसा दिन्छन् भन्ने कुराले धेरै उत्साह बनाउँथ्यो । मैले मेरा ६ जना दाजुभाइहरुलाई हरेक तिहारमा टिका लगाउँदै आएकी छु । हामी जहाँ भएपनि तिहारमा सबैजना भेट हुने गरेका छौँ । 

बाल्यकालमा दशै तिहारको बीचमा छुट्टी हुन्थ्यो । छुट्टीको मौका बनाएर देउसी भौलो खेल्नको लागि ७–८ दिन अगाडीदेखि नजिकका साथिहरुसँग मिलेर तयारी गरिन्थ्यो । बेलुका खाना खाइसकेपछि कसरी नाच्ने क ेके गर्ने भनेर तयारी गरिन्थ्यो । 

हिन्दु धर्मावलम्बीहरुले त विशेष गरेर लक्ष्मी पूजा गर्ने गरिन्छ । हाम्रो घरमा ठूलो परिवार भएकोले मैले खासै केहि गर्नुपर्दैन थियो । लक्ष्मी पूजा दाइ भाउजुहरुले नै गर्नुहुन्थ्यो । म चाँहि उहाँहरुको पछि पछि हिड्ने गर्थे । लक्ष्मी पूजा सकिएपछि सबै मिलेर भैलो खेल्न जान्थ्यौ । हामीले विशेष गरेर भैलो खेल्ने गथ्यौँ । टाढा टाढासम्म भैलो खेल्न गइन्थ्यो । त्यतिबेला कसैले पनि धेरै पैसा दिँदैन थिए । दिने भनेको १ रुपैयाँ, २ रुपैयाँ हो । कसैले ५ रुपैयाँ, १० रुपैयाँ दिँदा त आहा त्यो घरले त कति धेरै पैसा दियो भन्ने लाग्थ्यो । यसरी भैलो खेलेर उठेको पैसाले दाजुभाइलाई भाईमसलाहरु किन्ने गथ्यौँ । बाँकी पैसाले पछि वनभोज पनि जाने गथ्यौँ र उठेको चामल बेचेर सिनेमा हेर्न जान्थ्यौँ । यो वर्ष पनि धेरै टाढा नगए पनि घर नजिकै भैली खेल्न साथीहरुसँग जाने सल्लाह हुँदैछ । 

बाल्यकालमा तिहार मात्र हैन सबै चाडहरु उत्साहजनक हुन्थ्यो । किनकी व्यवहार आफुले गर्नुपर्दैन थियो । सबै बुबाआमाले गरिदिनु हुन्थ्यो । म त रमाईलो मात्र गर्थे । अहिले चाँहि सबै व्यवहारहरु आफूले गर्नुपर्छ । सबै कुरा पुर्याउनु पर्ने हुन्छ । त्यसकारणले बाल्यकालको तिहार र अहिलेको तिहारमा निकै फरक अनुभूती हुने गरेको छ । 

मलाई दशै पछि सबैभन्दा बढि रमाइलो लाग्ने तिहार हो । किनकी तिहारको झिलिमिलि सबैतिर दियो बालिएको हुन्थ्यो । रमाइलो लाग्थ्यो । 

बाल्यकालमा लक्ष्मी पूजाको सबै कामहरु दाजु भाउजुहरुले गर्नु हुन्थ्यो । विवाह भैसकेपछि चाँहि सबै कुराहरु आफैँले गर्नु परेको छ । मलाई रमाइलो पनि लाग्छ त्यो काम गर्न । हामी तिहारमा सेलरोटी सधै बनाउँछौ । तिहारमा बनाउने खानेकुराहरुले बल्ल तिहार आए जस्तो हुन्थ्यो । 

बाल्यकालमा मैले डाइस खेल्ने गरेकी थिए । रमाईलो हुन्थ्यो, अहिले त दाजुभाईले तास खेलेको हेर्छु । मलाई खेल्न आउँदैन दाजुभाईले खेलेको हेर्न चाहिँ रमाईलो हुन्छ । 

बाल्यकालमा दाजुभाइलाई दिने भाइमसलामा थोरै कुराहरु पर्ने गर्थे । किनकी त्यतिबेला हामीसँग धेरै पैसा हुँदैन थियो । भैलो खेलेर उठेको पैसाले अथवा दशँैमा टिका लगाएर जम्मा पारेको पैसाले दाजुभाइलाई सानो आफुले सकेको उपहार किनेर दिने गरिन्थ्यो । 

अहिले चाँहि दाजुभाइहरुको रुची अनुसार के लगाउँछन सोधेर उपहार दिने गरेकी छु । बाल्यकालमा त आर्थिक अवस्था कमजोर थियो सोधेर दिन सकिँदैन थियो । हिजोको दिनमा सानो उपहार हुन्थ्यो तर ठुलो महत्व हुने गरेको थियो । अहिले चाँहि कमाउने भएर होला जति दिएपनि कम नै भएजस्तो मलाई लाग्छ ।

बाल्यकालदेखि नै धनतेरसमा नयाँ सामान भित्र्याउनुपर्छ पर्छ भन्ने चलन थियो । बाल्यकालमा आमाबुबाले कुचो किनेर ल्याउने कहिले काटी किनेर ल्याउने गर्नुहुन्थ्यो । सबैले आफ्नो क्षमता अनुसारको खर्च गर्नुपर्छ । सुनचाँदि नै चाहिन्छ भन्ने हैन । मैले पनि त्यहीँ संस्कारलाई प्राथमिकता दिँदै प्रत्यक वर्ष एउटा चादिको सिक्का किन्ने गरेकी छु ।

तिहार भनेको दाजुभाइ दिदीहिनीको सम्बन्धलाई  अझ बढि प्रगाढ बनाउने पर्व हो । यसलाई उज्यालोको प्रतिक पनि भनिन्छ । हिजोको दिनमा गाउँघरमा मैनवत्ति, दियो बाल्ने गरिन्थ्यो । अहिले त बजारमा विभिन्न विद्युतीय सामानहरु आएका कारण दियोको चलन हराई सकेको छ । हामीले यो संस्कारलाई हराउन दिनु हुँदैन । जोगाउनु पर्छ । हामीले यो पर्व आफ्नो क्षमता अनुसार मनाउनु पर्छ । धेरै धन खर्च गरेर मनाउनु हुुँदैन ।

नमिता न्यौपाने बीमा अभिकर्ता हुन् ।

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौँः सम्पादक 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved