साउनमा फाइनान्स कम्पनीहरुको खुद नाफा ६७ करोड, २ कम्पनी घाटामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 02:46:34 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा फाइनान्स कम्पनीहरुले ६७ करोड बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिना(साउन) मा फाइनान्स कम्पनीहरुले ६७ करोड ४२ रुपैयाँ खुद नाफा कमाएका हुन् ।

 सर्वाधिक खुद नाफा गर्नेमा क्यापिटल मर्चेन्ट बैंककिङ एण्ड फाइनान्स रहेको छ । कम्पनीले साउन महिनामा ४६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यसैगरी, धेरै खुद नाफा आर्जन गर्ने सूचीको दोस्रो नम्बरमा पोखरा फाइनान्स रहेको छ। पोखरा फाइनान्सले ११ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यसैगरी, आइसीएफसी, प्रोग्रेसिभ र गोर्खाज फाइनान्स क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् । यी कम्पनीहरुले क्रमशः ७ करोड १७ लाख, ६ करोड ६५ लाख र १ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यसरी सबैभन्दा थोरै खुद नाफा कमाउनेमा रिलायन्स फाइनान्स रहेको छ । जसले जम्मा १० लाख मात्र खुद नाफा कमाएको छ । 

१७ फाइनान्स कम्पनीमध्य साउनमा १५ वटा कम्पनीले खुद नाफा कमाएका छन् भने २ वटा कम्पनी घाटामा गएका छन् । नेपाल फाइनान्स र समृद्धि फाइनान्स घाटामा गएका हुन् । साउनमा समृद्धिले ७ करोड ७३ लाख र नेपाल फाइनान्सले ९० लाख खुद घाटा व्योहोरेका छन् । 

साउन महिनामा फाइनान्स कम्पनीहरुको नाफा घाटा निम्नानुसार छः



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved