समृद्धि फाइनान्सका ग्राहकले प्राउड नेपाल अई टि सप्लायर्समा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 07:29:13 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स कम्पनीका ग्राहकले पुतलिसडकमा रहेको प्राउड नेपाल आई टि सप्लायर्समा छुट पाउने भएका छन् । कम्पनी र सप्लायर्सबीच बिहिबार भएको एक सम्झौता अनुसार कम्पनीका ग्राहकले छुट पाउने भएका हुन् । 

उक्त समझदारी अनुसार कम्पनीका ग्राहकहरुले उक्त सप्लायर्सबाट सामान खरिद गर्दा क्यूआर मार्फत भुक्तानी गरेमा १ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आई टि सम्बन्धित वस्तु खरिद गर्दा तथा मर्मतसंम्भार गर्दा छुट पाउने सम्झौतामा उल्लेख छ ।

कम्पनीका अनुसार ग्राहकहरुले मर्मतसंम्भारमा १५ प्रतिशत र कुनै पनि ब्रान्डका नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आई टि सम्बन्धित वस्तु खरिद गदा १ प्रतिशत छुट पाउने छन् ।

उक्त सम्झौता पत्रमा कम्पनीका तर्फबाट उप प्र्रमुख कार्यकारी अधिकृत गोकण प्रसाद दुवाडी र सप्लायसका तर्फबाट संस्थापक श्याम रेग्मीले हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved