विश्व बजारमा घट्यो एप्पलको बिक्री, हुवावेसँग कठिन प्रतिस्पर्धा गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 02:35:07 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बजारमा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलका उत्पादनहरुको बिक्री  घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार सन् २०२४ को पहिलो त्रैमासमा आइफोनको विश्वव्यापी मागमा १० प्रतिशतले गिरावट आएको छ भने समग्र बिक्री यूरोपबाहेक विश्वका अन्य देशहरुमा पनि घटेको छ ।

कम्पनीका अनुसार यस अवधिमा कम्पनीको आम्दानीमा ४ प्रतिशतले कमी आएर ९०.८ बिलियन डलरमा झरेको छ ।यो  एक वर्षको अवधिमा सबैभन्दा ठूलो गिरावट हो ।यो नतिजा यसअघि आकलन गरिएजस्तो खराब भने होइन ।

तर पनि कम्पनीले नयाँ प्रडक्ट बजारमा आउने तथा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) मा भएको लगानीका कारण वर्षान्तसम्ममा आफ्ना प्रडक्टहरुको बिक्रीमा बेद्धि हुने अपेक्षा बताएको छ ।

आइफोनको दोश्रो सबैभन्दा ठूलो बजारको रुपमा रहेको चीनमा पछिल्लो त्रैमासिकमा यसको बिक्रीमा आठ प्रतिशतको गिरावट आएको छ । उता कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) टिम कुकले चीनको मूख्यभूमिमा आइफोनको बिक्रीमा वृद्धि भएको र दीर्घकालीन रुपमा चीन एप्पलका लागि राम्रो बजारको रुपमा रहेको बताएका छन् ।

 हुवावे लगायतका चिनियाँ ब्राण्डका स्मार्टफोनहरुका कारण चिनियाँ बजारमा आइफोनले हालैका दिनमा कडा प्रतिस्पर्धा गरिरहेको छ ।

बजार विश्लेषकहरुका अनुसार चारवर्ष अघि आइफोन १२ ल्याए यता एप्पलले आफ्ना आइफोनका संस्करणमा कुनै उल्लेख्य नयाँपन ल्याएको छैन । त्यसबेला पहिलो फाइभ जी आइफोनका कारण धेरै प्रयोगकर्ताहरु आइफोन १२ प्रति आकर्षित भएका थिए ।

अब बजारमा लञ्च हुन लागेको आइफोन १६ मा चाहिँ एप्पलले नयाँ एआई फिचर राख्ने अपेक्षा छ । एजेन्सी

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved