मञ्जुश्री फाईनान्सका ग्राहकले ग्यालेक्सी अस्पतालमा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 08:02:37 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाईनान्सका ग्राहकले ग्यालेक्सी अस्पतालका विभिन्न सेवामा छुट पाउने भएका छन् । फाईनान्स र अस्पतालबीच यस सम्बन्धमा बुधबार सम्झौता भएको हो । 

फाईनान्सको पोखरा शाखा र पोखरामा रहेको सो अस्पतालबीच भएको सम्झौता अनुसार फाईनान्सका सम्पुर्ण कर्मचारी तथा ग्राहकले उक्त हस्पीटलबाट लिईने सम्पूर्ण प्रकारका सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने छन् । 

यसरी सेवा लिएपछि बिल भुक्तानी गर्दा फाईनान्सको मोवाइल बैंकिङ्ग एप, डेविट कार्ड, वा नगद जुनसुकै माध्यमबाट भुक्तानी गर्न सकिनेछ । 

फाईनान्स केन्द्रिय कार्यालयले, नयाँ बानेश्वर, काठमाडौंका साथै अन्य २६ वटा शाखा मार्फत नेपाल भरका प्रमुख शहरहरुमा वित्तीय सेवा पुराउंदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved