समृद्धि फाइनान्सद्धारा निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2024 | 07:28:59 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले सञ्चालन गरेको निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार शिविर सम्पन्न गरेको हो । 

संस्थागत सामाजिक उक्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीसडक कार्यालयद्धारा एकदिने निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रम पुतलीसडकको शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको हो । 

 आर्सिया डेन्टल तथा जे.जि.एस आइ केयरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त रोगका विशेषज्ञ डाक्टरले सेवाप्रदान गरेका थिए ।  सो कार्यक्रममा दन्त परीक्षण अन्तर्गत २८० जना र आँखा परीक्षणमा ३२९ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिएको जानकारी फाइनान्सले गराएको छ ।

 संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरु तय गरेकोमा चैत्र महिनाको लागि निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम सम्पन्न गरेको साथै आउने महिनाहरुको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

 नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved