व्यक्तिको जीवनमा विभिन्न कामबाट आम्दानी सिर्जना भइरहेको हुन्छ । आम्दानीमा राज्यको कानुन अनुसार कर लाग्दछ । कर आधुनिक राज्यको प्रत्येक नागरिकले भुक्तानी गर्नुपर्ने अनिवार्य दायित्व हो । त्यसैले व्यक्तिको आम्दानी र कर एकअर्कामा अन्तरसम्बन्धित विषय हुन् ।
टीडीएस (TDS)
व्यक्तिले
आफ्नो आम्दानीबाट राज्यलाई तिर्नुपर्ने नियम अनुसारको कर आम्दानीको स्रोतबाट नै
कट्टी गर्ने प्रक्रिया नै स्रोतमा करकट्टी (Tax Deduction at Source) हो । आम्दानीको स्रोतबाट अग्रिम कट्टी गरी
भुक्तानी दिने पक्षले सम्बन्धित व्यक्तिको नाममा कर कार्यालयमा दाखिला गर्ने करलाई
टीडीएस भनिन्छ ।
कर छली हुने
सम्भावनालाई कम गर्ने औजारको रुपमा राज्यले टीडीएसको व्यवस्था गरेको हो ।
आम्दानीको स्रोतका आधारमा यसको दर फरक फरक हुने गर्दछ । उदाहरणको लागि रोयल्टी, सेवा शुल्क, कमिशन वा बोनस आदिमा १५ प्रतिशत र चिट्ठा,
पुरस्कार वा आकस्मिक लाभमा २५ प्रतिशत अग्रिम करकट्टी गरिन्छ । सामान्यतया ब्याज
भुक्तानी, कमिसन, ज्याला वा तलब, भाडा आदिको भुक्तानी दिँदा अग्रिम करकट्टी
गर्नुपर्दछ ।
ईटीडीएस (E-TDS)
ईटीडीएसको
पूरा रुप Electronic
TDS हो ।
व्यक्तिले आफ्नो आम्दानीमा लाग्ने कर दाखिला गरिसकेपछि त्यसको विवरण आन्तरिक
राजस्व विभागको अनलाईन सिस्टममा ई-फाइलिङ गर्ने काम नै ईटीडीएस हो । अर्थात्,
आफुले दाखिला गरेको करको सम्पूर्ण विवरण (भौचर नम्बर, कर शीर्षक, मिति, रकम आदि)
कम्प्युटर प्रणालीमा इन्ट्री गर्ने प्रक्रियालाई ईटीडीएस भनिन्छ ।
ईटीडीएस
गरिसकेपछि आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी आफुले तिरेको करको विवरण अनलाईन
हेर्न र प्रिन्ट गर्न सकिन्छ ।